नक्कली कागजात बनाएर भिजिट भिसामा मानव तस्करीः थप दुईजना पक्राउ


काठमाडौं- नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ३७ वर्षीय मनोज तामाङ लामा र रामेछापको दोरम्बा घर भएका ३३ वर्षीय पदम लामा छन् ।

बौद्ध बस्दै आएका मनोज निमा छिरिङ ट्राभल्सका सञ्चालक हुन् । पदम सोही ट्राभल्समा काम गर्दै आइरहेका थिए ।

भिजिट भिसामा विदेश पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कालाई करिब १ करोड रुपैयाँ दिएको मनोज र पदमले बयान दिएको प्रहरीले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा वायुसेवा निगमका ३ जना अधिकृत र ७  ट्राभल्सका सञ्चालकलाई पक्राउ परिसकेका छन् । हालसम्म उक्त प्रहरण्मा ३४ जना पक्राउ परिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया