उच्च अदालतमा पनि अटोमेसनमार्फत पेसी तारिख


काठमाडौं – उच्च अदालतमा आजदेखि अटोमेसनमा पेसी तारिख तोकिँदै छ ।

सर्वोच्च अदालतबाट पेसी तारिख सुरु गरेको चार महिनामा उच्च अदालतमा पनि तारिख तोकिने अभ्यास सुरु हुन लागेको हो ।

सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख अटोमेसनमा तोक्ने अभ्यास सुरु भएको थियो ।

प्रधानन्यायाधीश नियुक्त भएको केही दिनमै विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिख तोक्ने प्रविधिको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया