डुम्रेबाट दमाैली आउँदै गरेको बस दुर्घटना, ३ को अवस्था गम्भीर


दमाैली – तनहुँको कमलबारीमा बस दुर्घटना भएको छ।

डुम्रेबाट दमौली आउँदै गरेको ना २ ख १४५९ नम्बरको बस व्यास नगरपालिका–१२ कमलबारीमा आइतबार दुर्घटना भएको हो।

दुर्घटनामा बसमा सवार झन्डै ४० यात्रुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

तीब्रगतिमा रहेको बस हुस्सुका कारण एक्कासी ब्रेक लगाउँदा चिप्लो सडकमा अनियन्त्रित भएर सडक किनारमै पल्टिएको दुर्घटनामा परेका यात्रुले जनाए ।

प्रतिक्रिया