सरकारी टोलीसँग वार्ता गर्न विप्लवले खटाए प्रकाण्ड


काठमाडौं – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहले सरकारी टोलीसँग वार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको दुई सदस्यीय टोली खटाएको छ।

वार्ताका लागि अनौपचारिक सहमति भएपछि सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसहितको दुई सदस्यीय वार्ता समिति गठन गरेपछि विप्लवका तर्फबाट प्रकाण्डलाई खटाइने बताइएको छ।

उक्त समूहका नेता गुणराज लोहनीका अनुसार प्रकाण्डकै नेतृत्वमा सरकारको जस्तै दुई सदस्य टोली खटाइनेछ।

प्रतिक्रिया