विराटले रचे नयाँ इतिहास, इंस्टाग्राम फलोअर्सको संख्या १०० मिलियन


काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले फेरि एक नयाँ उचाइमा पुगेका छन् । इस्टाग्राममा विराटका फलोअर्स संख्या १०० मिलियन पुगेका छन् ।

विराट विश्वका एकमात्र खेलाडी हुन जसको इस्टाग्राममा फलोअर्सको संख्या १०० मिलियन पुगेको हो । कोहली सोसल मिडियामा निकै एक्टिभ रहन्छन् । उनी अब रोनाल्डो,मेसी जस्ता विश्वका ठूला खेलाडीको लिस्टमा समावेश भएका छन् ।

एक नयाँ उपलब्धि हासिल गरेको मा आईसीसीले पनि कोहलीलाई बधाई दिएको छ । भारतमा इंस्टाग्राममा फलोअर्सको सङ्ख्याको मामलामा दोस्रो नम्बरमा प्रियंका चोपडा रहेकी छन् । उनका इंस्टाग्राममा ६०.८ मिलियन फलोअर्स रहेका छन् ।

प्रतिक्रिया