क्यानका खेलाडीकाे ६ महिनाको तलव एक सातामा, कसले कति पाउने?


काठमाडाैं – नेपाली राष्ट्रिय महिला क्रिकेटरले पहिलो पटक आधिकारीक रुपमा मासिक तलव बुझ्ने भएका छन । क्यानले २०२० को सुरुको ६ महिनाको खेलाडी बर्गिकरण अनुसार क्यानले एक सातामा महिला र पुरुष खेलाडीको तलव दिने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीबाट खेलाडीको बर्गिकरण अनुसार मासिक तलव पठाएको छ । जसलाई क्यानले सबै प्रक्रिया पुरा गरेर एक सातामा तलव दिने क्यानकाे तयारी छ । सन् २०२० को सुरुको ६ महिना खेलाडीको तलव आइसीसीले पठाएको छ । यस्तै ग्राउण्ड स्टाफ र क्यानका कर्मचारीको तलवपनि क्यानलाई आइसीसीले पठाएको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह बताए ।

क्यानले आइसीसीसँग माग गरेको सबै रकम भने अझै नआएको समेत सिंहले बताए । नेपाल क्रिकेट संघ क्यानको नयाँ कार्यसमिती आएपछि पहिलो पटक सन् २०१९ को बर्गिकरणलाई परिमार्जन गरेर २०२० को जनवरीबाट ६ महिनाका लागि लागु हुने गरेर नयाँ बर्गिकरण गरेको थियो । जसमा पुरुषमा २० खेलाडी र महिलामा २२ खेलाडीलाई समावेश गरेको थियो ।

खेलाडीलाई ६ महिनाको तलव हस्तान्तरण गरेपछि क्यानले घरेलु प्रतियोगिताको प्रदर्शनलाई आधार मानेर नयाँ बर्गिकरण गर्नेछ । जुन चाँडै हुने बताइएको छ ।

श्रेणी ‘ए’ मा पर्ने खेलाडीलाई ५० हजार, श्रेणी ‘बी’ मा पर्ने खेलाडीलाई ४० र श्रेणी ‘सी’ का खेलाडीलाई ३० हजार रूपैयाँ मासिक पारिश्रमिक दिने क्यानको निर्णय थियो। त्यस्तै, पहिलो पटक महिला खेलाडीलाई वर्गीकरण गर्दै क्यानले मासिक पारिश्रमिक दिने निर्णय गरेको थियो। श्रेणी ‘ए’ मा पर्ने महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीकाले १२ र ‘सी’ मा पर्नेले १० हजार रूपैयाँ तलब पाउने क्यानको निर्णय थियो।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, अभिनाश बोहोरा, ललित राजवंशी आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, सन्दिप जोरा र कमल सिंह ऐरी छन ।

महिलामा ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन । ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, सरस्वती चौधरी काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सुमन खतिवडा ममता चौधरी र शोभा आले छन् ।

यस्तै कीर्तिपुर र मुलपानी मैदानमा रहेका ग्राउण्ड स्टाफको तलवपनि आइसीसीले पठाएको हो । उनीहरुको तलवपनि सबै प्रक्रिया मिलाएर दिइने भएको छ । यस्तैमा क्यानले नयाँ बर्गिकरण गर्दा यसअघिमा केहि परिवर्तन गर्नसक्ने संभावना रहेको छ ।

प्रतिक्रिया