
बुवाको हत्या गरेको आरोपमा २१ वर्षीय छोरा पक्राउ
चितवन- चितवनमा ४१ वर्षीय बुवा रामशरण चेपाङको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ छन् ।
उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य वादविवादमा सुनिलले ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोस्ट फिस्लिङबाट खटिएको प्रहरीले सुनिललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
