लामाे समयको प्रयासपछि अर्थतन्त्रमा सुधारको संकेत देखियाे: अर्थमन्त्री महत


काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन ।

आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले लामाे समयको प्रयासपछि अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको बताएका हुन् ।

उनले बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको बताए।

चालू खातामा ५९ अर्ब बचत रहेको छ। बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने उनले बताए ।

यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको डा.महतले बताए ।

प्रतिक्रिया