
भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौं — एसीसी यू-१९ एसिया कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल—२ मैदानमा भारतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाललाई सेमिफाइनलमा पुग्न भारतलाई फराकिलो अन्तरले हराउनुका साथै पाकिस्तानले अफगानिस्तानलाई ठूलो अन्तरले पराजित गर्नुपर्नेछ ।
नेपाल रहेको समूह ‘ए’मा पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छन् । समान २ अंक रहेको भारत दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् ।



कागजपत्र |
