आज ललितपुरमा १०८ मिनेट उभिँदै ईः


ललितपुर – सामाजिक अभियन्ता ईः आज ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने भएका छन् ।

बिहान र साँझ फुटपाथ बजारहरू हटाउने निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै खबरदारीका लागि उनी १०८ मिनेट उभिने भएका हुन् ।

अभियन्ता ईःले ललितपुरको सपना नमार्न अनुरोध गरेका छन् ।

उनले विस्थापन नभएर व्यवस्थापन गर्न समेत आग्रह गरे । ईः आज दिउँसो ३ बजेदेखि महानगरअगाडि उभिने जनाएका छन् ।

प्रतिक्रिया