अभियन्ता ईः अब ललितपुर महानगरपालिका अगाडि उभिने


काठमाडौं- अभियन्ता ईः ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिने भउका छन् । महानगरपालिकाले पुल्चोक लगायतका क्षेत्रमा फुटपाथ व्यवसाय सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । ईं ले उक्त निर्णयविरुद्ध उभिएर विरोध जनाउन लागेको बताएका छन् ।

सामाजिक सञजालमा उनले लेखेका छन्, ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ । सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’

यसअघि अभियन्ता ईः केहि एक सातासम्म काठमाडौं महानगरपालिकाको कार्यालय अघि उभिएर विरोध जनाएका थिए ।

प्रतिक्रिया