
मानव सेवा आश्रमका बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा महिला पक्राउ
गोरखा- मानव सेवा आश्रम गोरखाका दुई बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा धार्चे गाउँपालिका–७ घर भई हाल गोरखा नगरपालिका–६ बस्ने २७ बर्षीया बिसमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।
१६ वर्षीया ती बालिकाहरुलाई काठमाडौं लगेर जागिर लगाइदिन्छु भन्दै फकाएर गुम्बामा लुकाएर राखेको खुलासा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले बताए ।
गुरुङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूर शीर्षकमा मद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



कागजपत्र |
