
कारको ठक्करबाट पोखराकी २ युवतीको मृत्यु
पोखरा – पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा दुई युवतीको मृत्यु भएको छ ।
पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा हेम्जाकी अनिशा खड्का र जिरोकी भावना बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट स्कुटरमा सवार दुवैजना घाइते भएका थिए ।
उनीहरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुवै सवारीसाधन र कारचालक इलाका प्रहरी कार्यालय शिशुवाको नियन्त्रणमा छन् ।



कागजपत्र |
