चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने


काठमाडौं – चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको ९कोभिड-१९० खोप उपलव्ध गराउने भएको छ ।

सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्कीले उक्त जानकारीका लागि एक ट्वीट पनि जारी गरेकी थिइन् ।

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

 

प्रतिक्रिया