एनएसएल फुटबलः आज धनगढी र इलाम तथा लुम्बिनी र काठमाडौं भिड्ने


काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट दुईमा जित र एकमा हारसहित ७ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा छ । ४ खेल खेलेको इलाम एकमा जित र तीनमा हार बेहोर्दै तालिकाको सातौँ स्थानमा छ ।

यस्तै दोस्रो खेल बुटवल लुम्बिनी र काठमाडौँ रेजर्सबीच हुनेछ । यो खेल साँझ ५ बजे दशरथ रङ्गशालामा हुनेछ । लिगमा लुम्बिनी ४ खेलबाट छैटौँ र ५ अङ्क भएको काठमाडौँ चौथो स्थानमा छ ।

प्रतिक्रिया