विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटकै भएको पुष्टि


काठमाडौं- हिजो बिहिबार राति त्रिभुवन विमानस्थलबाट बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया