

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् ।
धर्मेन्द्र २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनेर सात लाख पाँच हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
उनले प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख दश हजार रुपैयाँ तलब हुन्छ भनेर प्रलोभनमा देखाएको आरोप उनीमाथि छ ।

