गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै प्रदर्शन


भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार आज भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।

प्रदर्शनमा सहभागीले विमानस्थलमा अध्यागम, भन्सार, क्वारेन्टाइन, हुलाक, श्रम, स्वास्थ्य परीक्षण लगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले उडान गरे पनि झण्डै एक वर्षदेखि रोकिएको छ । हाल विमानस्थलबाट बुद्ध, यति, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरेका छन् ।

प्रतिक्रिया