दिउँसै घर फोडेर ३७ लाख बराबरको चोरी गर्ने एक पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुमा चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

कार्यालयको टोलीले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ स्थित दिव्यश्वरी टाउनप्लानिङमा रहेको युवराज अधिकारीको घरमा दिउँसो चोरी गर्ने विक्रम नेपालीलाई पक्राउ गरेको छ ।

नेपालीले यही कात्तिक २४ गते दिउँसोको समयमा अधिकारीको घरमा कोहि नभएको मौका पारी मुल ढोका फुटाई भित्र प्रबेश गरी कोठामा रहेका सुन, हिराका विभिन्न गरगहना, मोवाईल तथा नगदसहित गरी जम्मा ३७ लाख २७ हजार बराबरको धनमाल चोरी गरी लगेको खुल्न आएको छ ।

प्रहरी अनुसन्धानका क्रममा जिल्ला काभ्रे तिमाल वडा नंंं ७ घर भई हाल पेप्सिकोला बस्ने बर्ष २० को नेपालीले चोरी गरी लगेको भन्ने कुरा खुल्न आएकोले निजलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले जडिबुटीबाट पक्राउ गरी चोरी गरी लगेका सुन,चाँदी,हिराका विभिन्न गरगहना सहित बरामद गरी थप अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत ठिमी भक्तपुर पठाएको छ ।

प्रतिक्रिया