अमेरिका पठाइदिने भन्दै ६४ लाख ठग्ने न्यौपाने बानेश्वरबाट पक्राउ


काठमाडौं – रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले कैलालीको टिकापुर घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय रमेश न्यौपानेलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

न्यौपानेले गणेश अधिकारीसमेत ५ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु, होटलमा काम लगाइदिन्छु भन्दै ६४ लाख ४५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेका थिए ।

कार्यालयका अनुसार न्यौपानेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया