जब प्रहरीलाई नै एक बोतल पानी ४० रुपैयाँमा बेचियो


काठमाडौं- काठमाडौं महानगरपालिकाले एक बोतल पानीको मूल्य दोब्बर माग्ने एक जना पसलेलाई १० हजार जरिवाना तिराएको छ ।

हिजो (बुधबार) दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सजन गोठलाई महानगरले १० हजार जरिवाना तिराएको हो ।

पानी किन्न पुगेका दुई ट्राफिक प्रहरीलाई समेत पसलले प्रतिबोतल ४० रुपैयाँका दरले लिएका थिए । प्रतिबोतल १५ देखि २० रुपैयाँसम्म पर्ने पानीको मूल्य ४० रुपैयाँ लिएपछि ट्राफिक प्रहरीले पसल सञ्चालक गोठलाई समातेर महानगरपालिकाको कार्यालय पुर्‍याइदिएका थिए ।

प्रतिक्रिया