विराटनगरकाे आगलागी अपडेट : मृतकको संख्या तीन पुग्यो


विराटनगर- विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

हिजो एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो । भने, आज एक जनाको काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

घटनास्थलमा शुशिला पासवानको मृत्यु भएको थियो । ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो । त्यस्तै थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिक्रिया