परराष्ट्र निमित्त सचिवको जिम्मेवारी लम्साललाई, पौड्यालले लिए अवकाश


काठमाडौं- परराष्ट्र सचिव भरतराज पौड्यालले अवकाश लिएका छन् । पौड्यालले नियमित अवकाश लिएसँगै मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साललाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको छ ।

पौड्याल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भई संसदीय सुनुवाइ समितिबाट समेत अनुमोदन भइसकेका छन् । सम्बन्धित मुलुकबाट उनको एग्रिमो आएपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गर्नेछन् ।

कायममुकायम सचिवको जिम्मेवारी पाएकी सहसचिव लम्साल अब सचिवको जिम्मेवारीमा जाने सम्भावना छ ।

प्रतिक्रिया