नागरिक उड्डयन प्राधिकरणको सञ्चालकमा पहाडी नियुक्त


काठमाडौं- सरकारले अच्युत पहाडीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को हालैको निर्णयानुसार उनलाई प्राधिकरणको सञ्चालक बनाइएको हो । पहाडी नेपाल वायुसेवा निगमका पूर्व बोइङ इञ्जिनियर तथा सञ्चालक समिति सदस्य पनि हुन् ।

 

प्रतिक्रिया