नक्कली भुटानी शरणार्थी: धरौटी बुझाएका तीन जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो


काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशमा धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ ।

सोमबार धरौटी बुझाइसकेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीयसचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनलाई सुन्धारा कारागार प्रशासनले विभागमा पुर्‍याएको हो ।

सो प्रकरणमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने राय प्रहरीले दिएको थियो । उनीहरूमाथि अब विभागले पुनः अनुसन्धान गर्नेछ ।

केसी र मियाँले १०(१० लाख र महर्जनले १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

प्रतिक्रिया