श्री एयरलाइन्सले सुरु गर्‍यो काठमाडौँ–सुर्खेत नियमित उडान


काठमाडौं- आजदेखि श्री एयरलाइन्सले काठमाडौँ–सुर्खेत नियमित उडान सुरु गरेको छ । एयरलाइन्सको क्यू ४००–८ जहाजले ७१ जना प्यासेन्जरसहित काठमाडौँबाट सुर्खेत पहिलो उडान भरेर नियमित उडानको सुरुवात गरेको हो ।

एयरलाइन्सको बिहान ७ः१५ उडान तालिका रहेको सुर्खेतको मौसमका कारण ढिला गरी १०ः२५ मा मात्र जहाज उडेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । सुर्खेतबाट जहाज ६४ जना यात्रु बोकेर ११ बजे काठमाडौँ उडेको थियो ।

श्री एयरलाइन्सले गत हप्ता मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट काठमाडौँ–सुर्खेत उडानको अनुमति पाएको थियो ।

प्रतिक्रिया