मौसम सफा नभएपछि सुर्खेत र तुम्लिङटारको उडान प्रभावित


काठमाडौं – खराब मौसमका कारण आज केही आन्तरिक उडान प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा सुर्खेत र संखुवासभाको तुम्लिङटारमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले भिजिलिबटी कम हुँदा उडान रोकिएको र मौसम खुल्नासाथ पुनः उडान सुरु हुने जानकारी दिए।

प्रतिक्रिया