धुलिखेलमा आगलागी ९ लाख बराबरको क्षति


काभ्रे – धुलिखेलमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।

मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धितालको घरमा आगलागी हुँदा उक्त क्षति भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

ढुंगा–माटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन। मान्छे नबस्ने उक्त घरमा लागेको आगो बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको हो।

आगलागीबाट पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जैँ घाँस, खाद्यान्न, भाडाकुँडा, पराल र गाइगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया