सुकुम्वासी समस्या हल गर्न हप्ता दिनभित्रै वन ऐन संशोधन : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने बताएका छन्।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्ने गरी पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताए।

उनले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरू संशोधन गर्ने पनि बताए।

उनले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले सरकारका तर्फबाट अहिलेसम्म राम्रा कामहरू भएको बताउँदै अझै राम्रो गर्नका लागि प्रयास गर्ने बताए।

प्रतिक्रिया