डुबेका बालकलाई बचाए, तर आफू रहेनन्…


बाँके – नरैनापुर गाउँपालिका-६ कोहला बस्ने ३१ वर्षीय बच्छराज धोबीको सोही ठाउँस्थित शिक्टा पूर्वी नहरमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने राम चन्द्र धोबीको छोरा १२ वर्षीय राजेश धोबी उक्त नहरमा माछा मार्ने क्रममा डुबेको अवस्थामा बचाउन जाँदा बच्छराजको डुबेर मृत्यु भएको हो । राजेश धोबी सकुशल रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया