पूर्वराजा शाह झापा जाँदै


काठमाडौं – पृथ्वीनारायण शाहको सालिक अनावरणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह आज झापा जादैछन्।

पूर्वराजा ज्ञानेन्द्र बिर्तामोडस्थित ई कम कलेजमा स्थापना गरिएको शाहको सालिक अनावरणको लागि झापा जान लागेका हुन् ।

पूर्वराजा शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै रहेका छन्।

अध्यक्ष लिङदेन पूर्वराजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ।

भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्‍याली सुरु हुनेछ। उक्त र्‍यालीमा उनी पनि सहभागी हुने कार्यक्रम छ।

उक्त र्‍यालीलाई करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्‍या्उने कार्यक्रम रहेको छ।

प्रतिक्रिया