
भोलि अत्यावश्यक काम बाहेक अन्य काममा घरबाहिर ननिस्कन ट्राफिक प्रहरीको आग्रह
काठमाडौं – उपत्यका ट्राफिक प्रहरीले भोलि काठमाडौं केन्द्रित प्रर्दशनका कारण सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कन आग्रह गरेको छ ।
बुधवार एक सूचना जारी गर्दै भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई फोन गरी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत भनेको छ ।
भोलि एमाले र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैैछन् । एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ । माइतीघरदेखि नयाँ बानेश्वर तथा राष्ट्रपति र प्रधानमन्त्री निवास नजिकको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।




कागजपत्र |
