


बानेश्वरदेखि माइतीघरसम्म एक महिनाका लागि निषेधित क्षेत्र (आदेशसहित)

काठमाडौं – राजधानीको नयाँबानेश्वरदेखि माइतीघरसम्म प्रशासनले एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्म ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुर्गा प्रसाई र महेश बस्नेतले मंसिर ७ का लागि घोषणा गरेको कार्यक्रमलाई मध्यनजर गर्दै ती क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरिएको जनाए ।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
आदेशः

