सुर्खेतकाे चाैकुनेबाट २७ जुवाडे पक्राउ


सुर्खेत – सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको एक टोलीले जुवा खेलिरहेको अवस्थामा २७ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी कार्यालयका अनुसार चौकुने गाउँपालिकाबाट २ लाख २८ हजार ७ सय नगदसहित २७ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोलीले चौकुने गाउँपालिका- ६ मा जुवा खेलिरहेका उनीहरूलाई आइतबार राती १ बजेतिर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याईएको छ । पक्राउ परेकाहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया