भारतमा निर्माणाधीन सुरुङ भत्किँदा ३६ मजदुर फसे


काठमाडौं – भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

घटना बिहान ६ देखि ७ बजेको समयको बीचमा भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया