जीप दुर्घटना अपडेटः थप १ सहित ५ जनाको सनाखत


नवलपुर – पूर्वी नवलपुरको देवचुली नगरपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने ७ जनामध्ये ५ जनाको सनाखत भएको छ ।

प्रहरीका अनुसार बौंदीकाली–६ नरमका चालक २६ वर्षीय छनबहादुर आले, सोही वडाको माझडाँडाका ५५ वर्षीय टेकमान वन्टाकी, लाहापेकी ५२ कुमारी राना र बुलिङटार चुलीबोझाकी १२ वर्षीया बालिका करिश्मा ठाडाको सनाखत भएको हो ।

त्यस्तै घाइते अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गरेका निधन भएका व्यक्तिको पनि पहिचान खुलेको छ । घाइते मध्यबिन्दु न.पा.२ मदनपुर बस्ने बर्ष १८ चिरन अर्यालको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । अर्यालबाहेक अन्य ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य २ जनाको सनाखत भएको छैन ।

जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक  लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया