

धनुषाको एसपीमा शर्मा

काठमाडौं – प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय गरेको छ ।
एसपी शर्मालाई धनुषाका एसपी विश्वराज खड्काको ठाउँमा पठाइएको हो । प्रहरी प्रधान कार्यालयले धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको घटनाका बारेमा प्रधान कार्यालय तानेको थियो ।
खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागी साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको थियो ।

