चीनले पठाएको राहत सामग्री गृहमन्त्रीलाई हस्तान्तरण


काठमाडौं – चीन सरकारले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका लागि पठाएको राहत सामग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

आज बिहान चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो क्रममा चीनले संकटको बेला सधैं साथ दिएको भन्दै गृहमन्त्री श्रेष्ठले चिनियाँ सरकारलाई धन्यवाद दिए ।

जहाज १ लाख ७९ हजार किलो राहत सामग्री लिएर पोखरा विमानस्थल अवतरण गरेको थियो । जसमा ६ सय थान टेन्ट र ४६ सय थान ब्ल्यांकेटसहितका सामग्री रहेको छ ।

प्रतिक्रिया