
२० वर्ष देखि नर्वेमा बस्दै आएका सिटौलाले पाए नागरिकता
काठमाडौँ – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैर आवासीय नेपालीलाई पहिलो पटक नागरिकता प्रदान गरिएको छ ।
विगत २० वर्ष देखि नर्वेमा बस्दै आएका आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनका बिशालकुमार सिटौलाले नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी टंङ्क बहादुर भट्टराईका अनुसार नर्वेको विश्व विद्यालयका प्राध्यापक रहेका सिटौलाले आवश्यक प्रक्रिया पूरा गरेर पेश गरेको प्रमाणका आधारमा नागरिकता जारी भएको छ । सिटौला लेखक समेत रहेका भट्टराईले बताए ।
सिटौलालाई सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन्। गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण भएसँगै गैर आवासीय नेपालीले नागरिकता लिने बाटो खुलेको छ।
स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन र नेपाली नागरिकता त्यागेको निस्सा समेत पेश भएपछि प्रशासनले सिटौलालाई नागरिकता दिएको हो।



कागजपत्र |
