
कांग्रेस सभापति देउवाले गरे ५० लाख सहयोग हस्तान्तरण
काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवाले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पबाट पीडित तथा प्रभावितका लागि ५० लाख हस्तान्तरण गरेका छन् ।
मंगलबार बालुवाटारमा पुगेर सभापति देउवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धारर कोषका लागि नेपाली कांग्रेसको तर्फबाट ५० लाखको सहयोग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तण गरेका हुन् ।
उक्त अवसरमा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, मीन विश्वकर्मा, गोविन्द पोखरेललगायतका नेताहरु पनि उपस्थित थिए ।
त्यसअघि नेपाली कांग्रेसले भूकम्पबाट पीडितको राहतका लागि ५० लाख निर्णय गरेको थियो ।



कागजपत्र |
