नेकपा एसले दियो भूकम्पपीडितका लागि २५ लाख


काठमाडौं — एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पबाट पीडित तथा प्रभावितका लागि  पार्टीको तर्फबाट २५ लाख सहयोग हस्तान्तरण गरेका छन् ।

मंगलबार बालुवाटारमा पुगेर अध्यक्ष नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धारर कोषका लागि पार्टीको तर्फबाट गरिएको सहयोग स्वरूप २५ लाखको सहयोग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तण गरेका हुन् ।

उक्त अवसरमा पार्टीका अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया