

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

काठमाडौँ – आज (सोमबार) प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४४ विन्दुले बढेको छ।
यससँगै सूचक १८२६.६७ अंकमा अडिएको छ। यो सेसनमा ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
कुल ९ कम्पनीको २ सय ८० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा १० पटक सेयर कारोबार भएको हो।
यस दिन ५ कम्पनीको मूल्य बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।

