
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ‘प्रचण्ड’को बधाई
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी-२० विश्वकपमा छनौट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्।
एसिया क्षेत्र छनौटमा शुक्रबार युएईलाई आठ विकेटले पराजित गर्दै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनौट भएसँगै प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक संजालमार्फत् बधाई दिएका हुन्। उनले खेलाडीहरूलाई आगामी यात्राको शुभकामना दिँदै सरकार सधैँ साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
‘टी-२० विश्वकप प्रतियोगितामा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’ प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’



कागजपत्र |
