सप्तकोशीमा पानी जहाज दुर्घटना, २ जना घाइते, १३ को उद्दार


धरान – सप्तकोशीमा पानी जहाज दुर्घटना भएको छ।

एक दर्जनभन्दा बढी चढेको ढुंगा शुक्रबार दुर्घटना भएको हो। दुर्घटनामा २ जना घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ।

सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ।

घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

प्रतिक्रिया