
नेपाललाई पहिलो झट्का, भुर्तेल ११ रन बनाएर आउट
काठमाडौं – युएईविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।
१३५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले विस्फोटक सुरुवातका बाबजुद पहिलो विकेट गुमाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । नेपालले अहिले ३ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएर खेलिरहेको छ ।
भुर्तेल निलवाल केसरीको बलमा कप्तान मोहम्मद वसिमको हातबाट क्याच आउट भएका थिए ।



कागजपत्र |
