
हात्तीको बंगारासहित दुई जना पक्राउ
काठमाडौं – झापा प्रहरीले हात्तीको बंगारासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका–७ जरूवा टोल बस्ने ४७ वर्षीय तिख बहादुर बिश्वकर्मा र ५० वर्षीय शावा लिम्बू छन्।
उनीहरुबाट ७ इन्च लम्बाई र १२ इन्च गोलाईको १ केजी ७ सय ९० ग्राम तौल भएको हात्तीको बङ्गारा बरामद भएको प्रहरीले जनाएको छ।
तिख बहादुरको किराना पसलमा हात्तीको बङ्गारा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उक्त बस्तु फेला पारी उनलाई पक्राउ गरेको थियो।
थप अनुसन्धानको क्रममा उक्त बस्तु शावा लिम्बुको घरबाट ल्याएको भन्ने खुल्न आएपछि लिम्बुलाई समेत प्रहरीले पक्राउ गरेको हो।



कागजपत्र |
