

पाँचखालमा आगलागी, चारवटा पसल जलेर पूर्ण क्षति

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ समाज कल्याण चोकस्थित उद्धवप्रसाद तिमल्सिनाको घरमा आगलागी भएको छ।
शुक्रबार बिहान सवा ६ बजे विद्युत सर्ट भएर तिमल्सिनाको घरमा आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा करिब ४५ मिनेटपछि आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।
उक्त घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्ण क्षति, ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।

