गोली प्रहारबाट हत्या गरिएका शिक्षक सर्राफको अन्तेष्टी


बारा – गोली प्रहारबाट मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको दाहसंस्कार गरिएको छ ।

पसाहा खोलमा मृतक सर्राफको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । विद्यालय सञ्चालक समेत रहेका सर्राफलाई एनप्याब्ससनले संस्थाको झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेको थियो । मृतक सर्राफको २ छोरा, श्रीमती छन् ।

सर्राफलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभचिन्तकहरू कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित रहेको निजी निवासमा पुगेका थिए ।

प्रहरीले प्रिन्सिपल सर्राफको गोली हानी हत्या गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । बारा कलैया उपमहानगरपालिका–६, का रुपेसमाथि सोमबार १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो ।

पहिले उनको घाँटीमा दुईवटा गोली लागेको थियो । गोली लागेर घाइते भएका उनको अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि पाँचवटा गोली प्रहार भएको थियो ।

प्रतिक्रिया