
कुशलले हाने अर्धशतक, नेपालका आशिफ आउट
काठमाडौं – विश्वकप छनोटअन्तर्गत नेपालका कुशल मल्लले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।
कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् ।
१४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ९ ओभरमा एक विकेटको क्षतिमा ८४ रन जोडेको छ ।
कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् ।
नेपालका आशिफ शेख २७ रन बनाएर आउट भएका छन् । अहिले नेपालका कप्तान रोहित पाैडेल र कुशल भुर्तेलले ब्याटिङ गरिररहेका छन् । अहिले कुशल ५४ रन बनाएर खेलिरहेका छन् ।



कागजपत्र |
