सुनको मूल्य घट्यो, आज तोलामा कति ?


काठमाडौँ – आइतबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य सोमबार केही घटेको छ ।

आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ५ सयले घटेर १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलामा १ लाख १५ हजार ९५० रुपैयाँका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया